सर्वोच्चमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध संसदीय समितिमा १० वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध उजुरी परेका र सबैभन्दा बढी उजुरी सारंगा सुवेदीविरुद्ध पाँच वटा परेका समितिले जनाएको छ । समितिका अनुसार तीन जनाविरुद्ध भने एउटा उजुरी पनि परेको छैन । उजुरी नपर्नेमा महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध उजुरी आह्वान गरेको थियो । गत मंसिर आठ गतेदेखि सोमबारसम्ममा १० वटा उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ । उजुरीको समय सोमबार सकिएपछि उनीहरूको उजुरी खोल्नका लागि समितिको बैठक २१ गते बिहीबारका दिन बोलाइएको छ  । यसै गरी पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनील नेपाल विरुद्धमा पनि प्रस्तावित न्यायाधीश सँगै उजुरी आह्वान गरिएको थियो । उनी विरुद्ध पनि एउटा उजुरी परेको छ । 

प्रतिक्रिया