पार्टीकाे रुपान्तरण अभियानको लागि प्रधानमन्त्री महोत्तरीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल आज महोत्तरी पुगेका छन । पार्टीको तीन महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न उनी महोत्तरी गएका हुन । आज महोत्तरीको बर्दिवासस्थित माइस्थान पन्चधुरा पाटी प्यालेसमा दाहालको उपस्थितीमा मधेसका केन्द्रीय सदस्यहरूसँग बैठक राखिएको छ । बैठकमा रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरूसँग जानकारी लिने बताइएको छ । प्रधानमन्त्री दाहाल आजै महोत्तरीको गौशाला नगरपालिकामा पुग्ने छन् । गौशालाको एक हलमा उनले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको रहेको छ । 

प्रतिक्रिया