एनसेलको सेयर खरिद विक्री प्रकरणमा छानबिन गर्न विद्यार्थी संगठनको माग
विद्यार्थी संगठनले एनसेलको सेयर खरिद विक्री प्रकरणमा छानबिनको माग गरेका छन् । सत्तागठबन्धन निकट विद्यार्थी संगठनले एनसेल एक्जियटा लिमिटेडको केही महिनाअघि मात्रै बेलायतमा खुलेको कम्पनीमा स्वामित्व हस्तान्तरण भएको भन्दै छानविन माग गरेका हुन । आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले प्रकरणप्रति छानबिनको माग विद्यार्थीहरुले राखेका हु्न । नेपालले अनुचित कर निर्धारण गरेको र नेपालमा नियामक अनिश्चितता रहेको कारण नेपालबाट बाहिरिएको भन्ने अक्जियटाको आरोपले नेपालमा भित्रिने वैदेशिक लगानीलाई प्रत्यक्ष असर पर्ने विद्यार्थीहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ । दूरसञ्चार नियमावली बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी शेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था भए पनि नियामक निकायलाई थाहा नै नदिई शेयर बिक्री गर्नु कानुन विपरित भएको विद्यार्थी संगठनको ठहर छ ।
प्रतिक्रिया