एनसेलको शेयर खरिदबिक्रीबिरुद्ध अनेरास्ववियुको बिरोध प्रदर्शन
एनसेलको शेयर खरिद बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको छ । आज एनसेल कार्यालय अगाडि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीले अर्बौ रुपैया ठगी गर्ने चलखेल भएको भन्दै चर्को नारावाजी गरेका थिए ।
प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिए । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि त्यसमा सरोकारवालाले छानविनको माग गर्दै आएका छन ।
प्रतिक्रिया