भेरी बबई डाइभर्सनको अवलोकनपछि ओलीः गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन । उनले आज महाकाली—मेची अभियानका क्रममा मंगलवार बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन ।  अवलोकनपछि अध्यक्ष ओलीले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए । 
अध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए ।  अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे । भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । 

प्रतिक्रिया