कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भ मर्मत कार्य सुरु
कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । यसअघि भारतीय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ । नेपालतर्फ सशस्त्र प्रही बलले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन शुरु गरेको हो ।
सिमा स्तम्भ रङरोगन संगै सशस्त्र प्रहरीले सिमामा हुने चोरी तस्करी र अपराधिक क्रियाकलाप समेत नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका ९ बङ्गग्राकटान स्थित ७४९÷१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो । कञ्चनपुरमा भने पुनर्वास नगरपालिकाको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको हो । कैलालीमा रहेका १ सय ३ वटा सिमा स्तम्भ सशस्त्र प्रहरी कैलाली नम्बर ३४ गणले मर्मत तथा रङरोगन हुने बताइएको छ । सिमा स्तम्भ मर्मत तथा रङरोगनका लागी सरकारले नापी विभागबाट समेत एक जना प्रतिनिधि खटाएको छ । विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत÷सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको छ ।
प्रतिक्रिया