वर्षासँगै हिउँद याम सुरु

नेपालमा यो वर्षको हिउँदे वर्षासँगै हिउँद याम सुरु भएको छ । आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा भएको हो । भारतको उत्तराखण्ड क्षेत्रमा निर्मित न्यूनचापीय क्षेत्रको असरले नेपालमा हिउँदे वर्षा सुरु भएको हो । उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ ।े हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको छ । अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ । उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । आजदेखि तापक्रममा अझ गिरावट आउने मौसमविदले बताएका छन ।  पूर्वी भेगमा भने मौसम बदली देखिए पनि वर्षाको सम्भावना कम रहेको मौसमविदको भनाइ । पूर्वी भेगको मधेश र कोशी प्रदेशमा भारतको बङ्गालको खाडीमा बनेको ‘मिचाउंङ’ चक्रवातका कारण थप बदली बढेर चिसो बनाउने सम्भावना औल्याइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औल्याइएको छ ।। 

प्रतिक्रिया