इजरायली सेना दक्षिणी गाजाको शहर खान युनिस प्रवेश

इजरायली सेना दक्षिणी गाजाको शहर खान युनिस प्रवेश गरेको छ । इजरायली ट्याङ्क र बख्तरबंद गाडीहरू दक्षिण गाजा शहर खान युनिसको बाहिरी भागमा देखा परेका भिडियोहरु संचारमाध्यममा सार्वजनिक भएका छन् । गाजामा इजरायलले आक्रमण तिब्र पारेपछि सर्वसाधारणको भागाभाग भएको छ । बमबारी र विष्फोटका कारण सयौं मानिस घाईते भएका छन् । घाइतेको चापका कारण अस्पताल अस्तव्यस्त बनेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । गाजामा इन्टरनेट र सञ्चार सेवाहरु बन्द गरिएका छन् । यसैविच हमासले गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेलअवीवमाथिको आकाशमा रोकिएको जनाएको छ । सो क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको छ ।  हमासले रकेट प्रक्षेपणको जिम्मेवारी लिएको छ । इजरायली सेनाले सर्वसाधारणको हत्याको जवाफमा आक्रमण गरेको उसको भनाइ छ ।  इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट सखाप पार्नु रहेको बताएको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले गाजामा युद्धमा परी मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको जनाएको छ । अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८ सय ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हमासका अनुसार मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो । त्यसबेला हमासले करिब २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता एक साता युद्धविराम भएपनि अन्य समयमा इजरायलले गाजामा निरन्तर आक्रमण गदैै आएको छ ।

प्रतिक्रिया