रुसी सेनामा आबद्ध ६ जना नेपालीको मृत्यु

शव पठाउन र क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई आग्रह

परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ । स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरिएको जनाएको छ । यसैगरी मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।  परराष्ट्र मन्त्रालयले विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालय नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ना गरिएको भए उनीहरुलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरेको छ ।  मन्त्रालयले सरकारी कामकाज, रुसी सरकारको छावृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारणलाई रुस यात्रा गर्नु परेमा ‘नो अब्जिेक्सन सर्टिफिेकेट लिएर मात्रा यात्रा गर्न अपिल समेत गरेको छ ।। 

प्रतिक्रिया