चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता भएको छ । आज समिति र लोजिपार्कबीच पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौता भएको हो । सम्झौता कार्यक्रममा इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बल्खु—दक्षिणकाली सडक चार लेनको बनाउन र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न आवश्यक रहेको बताए । 
ट्रान्स नेपालका प्रवन्ध निर्देशक मुकेशकुमार राठीले  बन्दरगाह सञ्चालनमा केही चुनौतिहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य शुरु गरिसकेको जानकारी दिए । 
समितिले टेण्डर र प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो । 
 

प्रतिक्रिया