एनसेलको शेयर खरिद बिक्री प्रकरण शंकास्पद: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री प्रकरण शंकास्पद रहेको प्रतिक्रिया दिएका छन । सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै उनले अर्बौंको चलखेल भएको आशंका गरिएको यो प्रकरणमा सरकारको नेतृत्व र नियामक निकायसँग उनले जवाफ मागेका हुन । एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथम दृष्टिमै दालमा केही कालो भएको संकेत गरेको डा भट्टराईको भनाइ छ । एनसेल बिक्री मुद्दाले नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्ने उनले ठहर छ । साथै पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको भए देशलाई यस्ता छलकारी लगानीको अर्थ नरहने पूर्व प्रधानमन्त्री भट्टराईले उल्लेख गरेका छन । 
 

प्रतिक्रिया