वर्तमान सरकार चीनसँग सहयोग लिन डराउँछ: ओली

राजनीतिसँगै विकासका कुरा गर्न दलहरुलाई सुझाव

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको आरोप लगाएका छन । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताएका हुन । एवं पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए । 
अध्यक्ष ओलीले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए । उनले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनैपनि उत्पादन हुन नसकेको गुनासो समेत गरे । 
 

प्रतिक्रिया