सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रति तोला १ लाख २१ हजार ६ सय रूपैयाँमा कारोबार

नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा आठ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १ हजार ५ सय ४५ रुपैयाँमा भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

प्रतिक्रिया