कर्णाली, सुुदरपश्चिम र गण्डकीका हिमाली क्षेत्रमा भारी हिमपात

सुुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आज यो बर्षको पहिलो हिमपात भएको छ । पश्चिमी बायुको प्रभावले सो क्षेत्रका अधिकांश हिमाली क्षेत्रमा हिमपात भएको हो । हुम्ला, जुम्ला डोल्पा लगायतका जिल्लाका उच्च भागमा हिमपात भएको हो । यस वर्ष हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो हिमपात भएको छ । हिमपातसँगै तापक्रम माइनस तीन डिग्री सेल्सियसमा झरेको छ । हिमपातसँगै बाक्लो कुहिरो लागेको कारण सिमकोटमा हवाई सेवा समेत अवरुद्ध भएको छ । त्यस्तै गण्डकीको मुस्ताङ, मनाङमा पनि हिमपात भएको छ । चिसो बढेसँगै मुस्ताङ र मनाङको माथिल्लो भेगका अधिकांश बासिन्दा बेसी झरिसकेका छन ।  यो यामको पहिलो हिमपात भएपछि किसान खुसी भएका छन् । गहुँ, जौं, उवा छर्ने समय भएको कारण किसानहरू भने खुसी भएका हुन । हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास किसानहरुले लिएका छन । हिमपात भएसँगै प्रशासनले चिसोबाट जोगिन उनले सबैसँग आग्रह गरेको छ । सुदुरपश्चिमको बाजुराको उच्च हिमाली भेगतिर गएरातिदेखि हिमपात सुरु भएको छ । बाजुराका उच्च हिमाली क्षेत्रमा हिमपात र बेंसीतिर हल्का पानी पर्न सुरु भएसँगै चिसो बढेको स्थानीयले बताएका छन । भारत उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको कारण  यतिबेला नेपालको मौसम बदली भएको छ । 

प्रतिक्रिया