दैलेखको पेट्रोलियम भण्डार उत्खनन गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड

नेकपा एमालेका अध्यक्ष केपी ओलीले समृद्ध नेपालको र्दीर्घकालिन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम अन्भेषणको विकल्प नभएको बताएका छन । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख पुगेका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिएका हुन । आज बिहान दैलेखको भैरवी गाउँपालिका १ स्थित पेट्रोलियम अन्भेषण स्थलको स्थलगत अवलोकनका क्रममा  पुर्वप्रधानमन्त्री समेत रहेक अध्यक्ष ओलीले पेट्रोलियम अन्भेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै  त्यसको कामलाई थप अघि बढाउनु पर्ने बताए । अन्भेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्भेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धीको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । सो क्रममा खानी तथा भुगर्व विभागका अन्भेषण परियोजना प्रमुख दिने कुमार नापीतले उत्खनन गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको जानकारी दिए । सो क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुसँगै उत्खनन स्थलमा पुग्नु भएका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितलाई अध्ययन प्रतिवेदन हस्तारण गरेका छन । एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको पाँचौ दिन आज दशकौ देखि ज्वाला बलिरहेको दैलेखको शिरिस्थना मन्दिरको अवलोकन र दर्शन गरेका छन । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’को पाँचौ दिन आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदैछ । आजै सुर्खेतको वीरेन्द्रनगरमा दिउसो ३ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । 
 

प्रतिक्रिया