राष्ट्रिय सभा निर्वाचन:  रिक्त उन्नाईसमध्ये ठुलो दल कांग्रेसले नौ सिट पाउने

आगामी माघ एघार गते  हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने तयारी गरेका छन । निर्वाचन हुने १९ सिटमा दलहरुविच लगभग सहमति जुटिसकेको नेताहरुले बताएका छन । नेताहरुका अनुसार सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँट हुने भएको हो । जसमा कांग्रेसले नौ, माओवादी केन्द्रले छ, एकीकृत समाजवादीले तीन र जसपाले १ पाउने गरी सहमति जुटेको बताइएको छ ।  फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । कोशी प्रदेशबाट २ , मधेस प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ , लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।। 

प्रतिक्रिया