इजरायली सेनाद्वारा दक्षिणी गाजा क्षेत्रमा आक्रमण तिब, पाँच सय भन्दा बढीको मृत्यु

इजरायलले दक्षिण गाजामा आक्रमण तीव्र पारेको छ । गाजा क्षेत्रमा घुसेरै इजरायली सेनाले गरिरहेको आक्रमणमा परेर पछिल्लो २४ घण्टामा मात्रै ७ सय भन्दा धेरै प्यालेस्टिनी मारिएका छन । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आईतवार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौंको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरु घाइते भएको बताएको छ । गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौं मानिस मारिएको बताइएको छ । अक्टोबर ७ देखि अहिलेसम्म इजरायली आक्रमणबाट गाजापट्टीमा मृत्यु हुनेको संख्या १५ हजार ५ सय  भन्दा बढी पुगेको छ । ४१ हजार तीन सय भन्दा बढी घाइते भएका छन । हमासले अक्टोबर ७ मा गाजापट्टीबाट इजरायलमाथि रकेट आक्रमण गरेपछि इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ । इजरायलले हमास लडाकुहरूलाई हटाउने र बन्धकहरूलाई उद्धार गर्ने लक्ष्यका साथ अक्टोबर २७ मा गाजापट्टीमा भूमिगत आक्रमण शुरू गरेको थियो । कतारले गत हप्ता इजरायल र हमासबीच अस्थायी युद्धविराम र केही बन्दी र बन्धकहरूको आदानप्रदानका साथै गाजापट्टीमा मानवीय सहायता प्रदान गर्ने सम्झौताका साथ युद्धविराम गरेको थियो । शुक्रबार अस्थायी युद्धविराम सकिएसँगै त्यसपछि अहिले इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ । 

प्रतिक्रिया