नेपाली बजारमा सुनको मूल्यमा फेरि कीर्तिमान

नेपालमा सुनको मूल्य आज अहिलेसम्मकै उच्च भएको छ ।  छापावाल सुन आज नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य तोलाको एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलाको पाँच रुपैया बढेर एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको एक हजार ५ सय ४० रुपैयाँ रहेको थियो । विवाहको सिजनमा पनि सुनको दैनिक माग २० किलोबाट बढ्न सकेको छैन । आर्थिक मन्दी र बढदो मूल्यले सुुनको कारोबार बढन नसकेको हो । कोरोना भाइरसको संक्रमण बाहेकको समयमा विवाहका बेला दैनिक ५० किलोसम्म सुन बिक्री हुने गरेकोमा यो बर्ष कारोबारमा सुस्तता आएको हो । सुन पसलमा यसअघिका सिजनमा जस्तो भिडभाड देखिदैन भने कारोबार पनि न्यून रहेको छ ।  अहिले सुनको मुल्य प्रति तोला १ लाख १९ हजार रुपैयाँ रहेको छ । मंसिर लागेपछि कारोबार भने केही बढेको छ । बैंकहरुसँग मंसिर १ गतेसम्म १ सय ३२ किलो सुन स्टक रहेकोमा अहिले २७ किलोमा झरेको छ ।। 
 

प्रतिक्रिया