प्रधानमन्त्री दाहाल आज युएईवाट स्वदेश फर्कदै, नेपालका मुद्दा अन्र्तराष्ट्रियकरण भएको दाबी

विश्व जलवायु शिखर सम्मेलन कोप २८ मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै छन् ।  प्रधानमन्त्री  फ्लाई दुबईको विमानमार्फत् साँझ छ बजे काठमाडौं आइपुग्ने तालिका छ । प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री गत १३ गते यूएई गएका थिए । शनिबार कोेप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताएका थिए । उनले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग समेत गरेका छन । सम्मेलनमा नेपालका मुद्दा अन्र्तराष्ट्रियकरण भएको दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ । 
 

प्रतिक्रिया