जाजरकोट भुकम्पको एक महिना पुरा, पीडितहरु चिसोको अत्याधिक मारमा

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किएका छन् । ३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुनःस्थापनामा त्यति प्रभावकारी काम गर्न सकेको छैन ।  भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरु थप समस्यामा परेका छन् । यसबाट सबैभन्दा धेरै जोखिममा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका परेका छन् । भूकम्पमा जोगिएकाहरुलाई यतिबेला चिसोले थप समस्यामा छन । झाडापखाला, ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । मुटु रोगी, दम, रक्तचाप र मधुमेहका बिरामीको अवस्था कमजोर बन्दै गएको छ । पछिल्लो विवरणअनुसार जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ गरी २२ जनाले चिसोबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी रहेका छन । भूकम्पमा परेर एक सय ५४ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया