फिलिपिन्समा गएराति ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

उच्च छाल सहित सुनामी आउने चेतावनी

फिलिपिन्समा गएराति ७ दशमलव ५ म्याग्च्यिूडको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो ।  हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ । जापानले भुकम्पपछि सुनामी आउने चेतावनी दिएको छ । भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको छ ।  फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो । 

प्रतिक्रिया