सात दिनको युद्धविरामपछि इजरायलद्वारा गाजामा आक्रमण तिव्र

काठमाडौं । सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच गाँजामा पुनः युद्ध सुरु भएको छ । कतारमा युद्धविराम लम्ब्याउने सहमति जुट्न नसकेपछि गाँजामा इजरायलले पुनः बमबारी शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । अमेरिकाले अझै पनि दुईबिचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ । यसैबीच, हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । इजरायलले पनि २ सय वटा आतंकवादी स्थानलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ । गएको अक्टोबर ७ तारिखदेखि शुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो । युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए ।

प्रतिक्रिया