जाजरकोटमा अस्थायी आवास निर्माणका लागि ४६ करोड निकासा

काठमाडौं । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका सकारले ४६ करोड रुपैयाँ निकासा गरेको छ । भूकम्प पीडितका अस्थायी आवास निर्माणको लागि बिहीबार २२ करोड र शुक्रबार २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबारसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको हो । शुक्रबार निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागिसमेत हो । जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ।  यस्तै बाजुराका एक हजार तीन सय ९६ मध्ये दुई सय १४ परिवारलाई रु ५४ लाख ५० हजार, रुकुम पश्चिमका १४ हजार दुई सय २४ लाभग्राहीका लागि रु ३५ करोड ५६ लाख, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये पाँच सय ७७ परिवारका लागि रु एक करोड ४४ लाख २५ हजार रकम निकासा भएको छ । अझै सल्यानका एक हजार चार सय ८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया