जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीलाई भुक्तानी दिलाउनु पर्छः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरुको भुक्तानी दिएमात्रै अर्ततन्त्र चलायमान हुने भएकाले त्यसका लागि मन्त्रालय लागिपरेको बताएका हुन् । उनले अहिले पनि अर्थतन्त्र संकटमा रहेको तर, भयावह अवस्थामा भने नरहेको दाबी समेत गरे । 
मन्त्री ज्वालाले लगानी वृद्धिका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया