सडकमा नारा लगाउँदैमा राजतन्त्र नफर्कने गृहमन्त्री श्रेष्ठको भनाइ

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट राजतन्त्र फर्कने संभावना नरहेको दाबी गरेका छन ्। चितवनको भरतपुर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दे गृहमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन । उनले गणतान्त्रिक संविधानले सबैलाई आफ्ना विचार राख्ने र बोल्ने अवसर दिएकाले अहिले सडकमा केही व्यक्तिले नारा लगाएको उल्लेख गर्दै राजा फर्कने संभावना नरहेको दावी गरेका हुन् । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनबारे संचारकर्मीले सोधेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले सडकमा धेरै अराजकता मच्चाउन खोजे पक्राउ गरिने चेतावनी पनि दिए । 
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले शान्ति सुरक्षा र सुशासनको पक्षमा गरिरहेको कामलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाए । उनले जनताको जिविकालाई सहज बनाउन सरकारले भगिरथ प्रयत्न गरिरहेको दाबी समेत गरे । मन्त्री श्रेष्ठले टिकटक बाहेकका अरु सामाजिक सञ्जाल सरकारले बन्द नगर्ने तर, नियमन भने गर्ने पनि बताए ।

प्रतिक्रिया