बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरे । नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए । मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा रहेको उनले दोहो¥याए । मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको गर्भनर अधिकारीको भनाइ थियो । उनले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताए । नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको उनको दाबी छ ।। 

प्रतिक्रिया