पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

पूर्व यूवराज्ञी हिमानी शाहले अन्र्तराष्ट्रिय स्तरको पुरस्कार जितेकी छिन । उनलाई फिलिपिन्सको राजधानी मनिलामा अन्तर्राष्ट्रिय गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित गरिएको हो । समारोहमा वभिन्न क्षेत्रमा आबद्ध रहि मानवीय कार्य साथै विश्व शान्ति तथा प्रगतिका निम्ति कार्यरत ,योगदान दिएका विभिन्न राष्ट्रका २० जना व्यक्तिलाई सो पुरस्कार प्रदान गरिएको थियो । हिमानी कोष मार्फत विभिन्न मानवीय सामाजिक कार्यमा सक्रिय भएकोमा शाहलाई पुरस्कृत गरिएको कोषले जनाएको छ । 
 

प्रतिक्रिया