सरकार केही समयमा आफै ढल्ने नेकपा एमाले अध्यक्ष ओलीको दाबी

गठबन्धनको छेस्कनोले मात्रै सरकार टिकेको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार केही समयमा आफै ढल्ने दाबी गरेका छन् ।  डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका हुन् । अहिले नै हल्लिरहेको सरकार एमालेले ढाल्न नपर्ने आफै ढल्ने अध्यक्ष ओलीको भनाइ छ । ओलीले अहिलेको सरकारलाई खुट्टा भएको सरकारको संज्ञा समेत दिए । गठबन्धनहरूको छेस्कनो लगाएको सरकार एमालेको पदयात्रा नसकिँदै सरकार ढलिसक्ने उनको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई माओवादीको वाटोमा हिँडाएको पनि आरोप लगाएका छन् । सत्तामा रहेको दलहरू प्रचण्डपथतर्फ गइरहेको उनको भनाइ थियो । उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप लगाए । गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको अध्यक्ष ओलीको भनाइ छ । 
 

प्रतिक्रिया