सिरहाका मिटरब्याजी पीडितहरु फेरी आन्दोलित

मिटरब्याजी पीडितहरु फेरी आन्दोलित भएका छन् । मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले सदरमुकाम सिरहामा प्रदर्शन गरेको हो । लामो आन्दोलनपछि सरकारले कानून बनाउन बाध्य भएपनि आफूहरुको मुद्दामा प्रशासनले वेवास्ता गरेको भन्दै उनीहरु सडकमा उत्रिन बाध्य भएका छन् । पैदल काठमाडौं पुगेर आन्दोलन गरी कानून ल्याउन सरकारलाई बाध्य गरेपनि अहिले कानून कार्यान्वयन गर्ने निकायले वेवास्ता गर्दा सडकमा उत्रिनुको विकल्प नभएको मिटरब्याजी पीडित बताउछन । 
अदालतले पीडितको अवस्थालाई बुझेर यथासक्दो न्याय दिनुपर्ने माग पीडितहरुको छ । मिटरब्याजको पीडितलाई सरकारी कार्यालयमा दौडधुप गर्न निकै कठिन भएको भन्दै उनले चाँडो मिटरब्याजी पीडितको विषयमा न्यायलयहरुले टुंगोमा लगाउनुपर्ने माग पनि सरोकारवालाले उठाएका छन । 
जिल्ला प्रशासन कार्यालय सिरहाले करिब ४ हजारमध्ये ३ सय जति मुद्दालाई मात्र समाधान निकाल्न सकेको छ । लामो समयदेखिको आन्दोलनले देशमा कानुन बनेपनि त्यसको कार्यान्वयन कमजोर रहँदा मिटरब्याजपीडितहरु समस्यामा परेकोले समस्यालाई छिटो समाधान गर्न प्रशासन चुकेको बताइन्छ । 
 

प्रतिक्रिया