BREAKING:
भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्न शुरु रंगेली बसपार्क व्यवस्थित नहुँदा यात्रुलाई सास्ती समस्या समाधान नभई घर नफर्कने लघुवित्त र मिटरब्याजी पीडितको चेतावनी प्रधानमन्त्री दाहाल र ओलीविच वालुवाटारमा भेटवार्ता राष्ट्रिय सभाका अध्यक्ष सहित २० सांसदको पदावधि आजवाट सकिंदै दुग्ध उत्पादक किसानको आन्दोलन स्थगित, चैत २१ गतेसम्म बक्यौता भुक्तानी हुने इजरायल हमाससँग छ साताका लागि युद्धविराम गर्न सहमत त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली टोली घोषणा बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाको ध्यानाकर्षण सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको छ: नारायणकाजी श्रेष्ठ इजरायली आक्रमणः मानवीय सहायता सामग्री लिने क्रममा ज्यान गुमाउने प्यालेष्टिनीको संख्या एक सय १२ पुग्यो रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै शान्तिका लागि चिनलाई युक्रेन आग्रह इलाम र बझाङको उपचुनावको कार्यतालिका सार्वजनिक गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रताका साथ विकास भएको छः वर्षमान पुन मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दै त्रिदेशीय टी–ट्वान्टी: नेपालद्धारा नामिबिया ३ रनले पराजित अहिलेको राजनीतिक परिस्थितिले को सरकारमा हुन्छ, भन्न सकिँदैनः ओली संसदले प्रश्ताव गरेकोबजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छः तिमिल्सिना उपप्रधानमन्त्री खड्काको दाबीः गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ प्रतिनिधि सभामा बालकुमारी घटनामा आरोपी मन्त्रीको राजीनामा माग सरकारलाई फागुन २१ गतेको संसद बैठकमा जवाफ दिन सभामुखको रुलिङ नेपाली श्रमिकको माग रोकिने दक्षिण कोरियाको सङ्केत देउवा लक्षित पर्यटनमन्त्रीको टिप्पणी: सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्ता छैन बेलबारी सडकखण्डमा सवारीसाधन ठोकिदा तीन जनाको मृत्यु चितवनको भरतपुर स्वास्थ्य क्षेत्रको हब बन्यो: प्रधानमन्त्री रुपन्देहीको देबदहमा जनप्रतिनिधि विवाद उत्कर्षमा इजरायली आक्रमणमा गाजामा १ सय १२ जनाको मृत्यु पर्वतका स्थानीय तहमा भएका विकास निर्माणका काममा अनियमिता एनआरटी क्लव केपी ओली कप फुटबलको फाइनलमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको अन्तर्राष्टिय सम्मेलन सुरु रसिया-युक्रेन युद्धमा फसेका नेपालीबारे संसदमा छलफल गर्न राप्रपाद्धारा जरुरी महत्वको प्रश्ताव दर्ता चीनले मासु निर्यातमा खोज्यो गुणस्तरीयताको सुनिश्चितता संसदीय समितिको निर्देशन सरकारले कार्यान्वयन नगरेकोमा सांसदहरुको असन्तुष्टि जिम्मेवारी पन्छाएर राज्यलाई क्षति गराउने व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक: प्रधानमन्त्री देउवाले छलफलका लागि डाके उपसभापति र महामन्त्रीलाई व्यवस्थापक र बैंकका कर्मचारी पक्राउ परेकोमा बैंकर्स संघहरुको आपत्ति डाक्टरहरुले काम छोडेपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त ६ महिनामा विद्युत् प्राधिकरणद्धारा १५ अर्ब ३६ करोड नाफा आर्जन माओवादी केन्दले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकालाई गण्डकीमा सार्न एमालेको प्रस्ताव बारा वर्कसप विस्फोटको अनुसन्धान सुरु, प्रोजेक्टाइल हुनसक्ने आशंका नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य संसद सुन चोर, ठेकेदार, फाटाहा र स्पोन्सटरहरुको अखडा बन्यो: पूर्व सभामुख ढुंगाना काठमाडौंका कतिपय स्थानका फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध

इजरायली सेनाद्वारा गाजापट्टीमा पुन: स्थल आक्रमण

इजरायल र प्यालेस्टाइनी लडाकु समूहबीच लागू भएको अस्थायी युद्धविराम समाप्त भएसँगै इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले गाजापट्टीमा स्थल आक्रमण फेरि सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायलको हवाइ आक्रमणमा परी कम्तिमा ६ प्यालेस्टिनीको मृत्यु भएको छ ।शुक्रबार बिहान भएको आक्रमणमा परी गाजाको दक्षिणी क्षेत्रमा रहेको रफाह सहरमा उनीहरुको मृत्यु भएको हो । गाजाको उत्तरी क्षेत्रमा भएको हावइ आक्रमणमा २ बालबालिकाको मृत्यु भएको छ ।  हमासले युद्धविरामको सम्झौता भंग गरेको आरोप लगाउँदै इजराली सेनाले हवाइ आक्रमण सुरु गरेको हो । यो शत्रुताले पुनः निरन्तरता पाएमा सीमा क्षेत्रमा मानवीय संकट उत्पन्न भइ अत्यावश्यक वस्तुको अभाव हुने सम्भावना बढेको छ।  इजरायली आक्रमणमा गाजा पूर्णरुपमा ध्वस्त भएपछि अन्तर्राष्ट्रिय समूदायको दबाबमा ६ दिनसम्म अस्थायी युद्धविराम लागू भएको थियो । युद्धविराम लागू भएको समयमा हमास र इजरायली सेनाले आआफ्ना कब्जामा रहेका बन्दीहरू रिहा गरेका थिए । सात अक्टोबरमा हमास लडाकुले इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको छ । इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनतर्फ १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको छन ।  उता इजरायलतर्फ पनि १ हजार २ सयको मृत्यु भएको छ ।  सो क्रममा उसले दुई सय ४० जनालाई बन्धक बनाएको छ । तिमध्ये केहीलाई युद्धविरामको क्रममा छाडिएको थियो । 

प्रतिक्रिया