दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि सूचना निकालेर लिलाम

दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ । आज सार्वजनिक सुूचना प्रकाशित गरेर कम्पनीले खसी–बोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्न लागेको जानकारी दिएको हो । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खोरमा हाल ९० वटा च्याङ्ग्रा बाँकी छन् । ती च्याङ्ग्राको औसत तौल ३० देखि ३५ किलोको बीचमा छन । उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । दशैंमा कम्पनीले च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो तोकेको थियो । च्याङ्ग्रामा ग्राहकको आकर्षण नदेखिएपछि भाउ घटाउँदा पनि नबिकेपछि लिलामी गर्न लागिएको हो । लिलामीका लागि न्यूनतम कबोल दर प्रतिकेजी १ हजार १ सय २५ रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया