नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति कम हुँदै गएको बताएका हुन ।  प्रमुख कार्यकारी निर्देशक घिसिङले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको महत्वको अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको गुनासो गरे । 
निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको गुनासो पनि गरे । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले दुई वर्षको भित्र ललितपुर उज्यालो महानगर हुने बताए । 
प्रमुख महर्जनले रात्रीकालीन अवस्थामा जहाजमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने गरि स्मार्ट सडक बत्ती जडान महानगरले गरिरहेको जानकारी दिएका हुन । प्रमुख महर्जनले कुसुन्ती धोबीघाट क्षेत्रमा बत्ती बाल्न दश दिनभित्र टेण्डर आह्वान गर्ने पनि जानकारी दिए । महानगरले स्मार्ट सडक बक्तीका लागि यो बर्ष तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया