३१ यात्रु छोडिएकोप्रति पर्यटनमन्त्री किराँती मागे माफी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन ।  बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले २ सय ७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखि गन्तव्यमा पु¥याएको बताए । मन्त्री किरातीले उडान दुई घन्टा छिटो भएको जानकारी यात्रुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए । 
मन्त्री किराँतीले युरोपियन युनियनको कालो सूचिमा देश करिव १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको दाबी समेत गरे । 
 

प्रतिक्रिया