चिसोले जाजरकोट र रुकुम पश्चिमका तेइस जना भूकम्प पीडितको मृत्यु

भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका २३ भूकम्प पीडितको मृत्यु भएको छ । समयमा अस्थायी आवास नबन्दा चिसोले पीडितले ज्यान गुमाउन थालेका हुन । चिसोवाट जाजरकोटमा १९ र रुकुम पश्चिममा ४ जनाको मृत्यु भएको हो । पछिल्लो पटक गएराति रुकुम पश्चिममा चिसोका कारण त्रिपालमा बस्दै आएका थप एकजना बृद्धको मृत्यु भएको छ आठबिसकोट नगरपालिका –११, चौर गाउँमा बस्दै आएका मग्माका ६५ वर्षीय मनरामे सार्कीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी र जेष्ठ नागरिक छन । सुत्केरी र बालकले पनि ज्यान गुमाएका छन । चिसोका कारण झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका छन्, मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएका छन । अहिले जाजरकोट अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन । बढीजसो निमोनिया भएका बालबालिका उपचारका लागि पुग्ने गरेका छन । चिसोका कारण अस्पतालमा ५० जनासम्म बिरामी आउने गरेकामा झन्डै आधा बालबालिका हुने गरेका छन । अहिले अस्पतालमा झन्डै २५ जनाको आकस्मिक कक्षमा उपचार भइरहेको छ । भुकम्प पीडितले अहिलेसम्म एउटा परिवारका लागि १÷१ थान त्रिपाल र कम्बल  र केही खाद्यान्न मात्रै पाएका छन । जाजरकोटमा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन्रु। यस्तै १ हजार ३ सय ६० जना गर्भवती र ९ सय सुत्केरी भूकम्पबाट प्रभावित छन रु। रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभरि १ हजार ६८ गर्भवती र ७ सय ३९ सुत्केरी प्रभावित भएका छन रु। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५६ जनाको मृत्यु भएको थियोरु। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा झन्डै ५५ हजार परिवार विस्थापित भएका छन ।। 
 

प्रतिक्रिया