प्रधानमन्त्री दाहाल आज जलवायु सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन विश्व सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुँदैछन । सम्मेलन हिजोवाट  भव्य समारोहबिच बिहीबार संयुक्त अरब इमिरेट्स युएईमा सुरु भएको हो । वैश्विक रूपमा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरेको सम्मेलनलाई प्रधानमन्त्री दाहालले भोली सम्बोधन गर्ने तालिका रहेको छ ।  नेपाल र अति कम विकसित तथा पर्वतीय मुलुकका तर्फबाट उनले शनिबार सम्बोधन गर्ने भएका हुन । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने, जोखिममा परेका समुदायलाई जलवायु परिवर्तनको प्रभावसँग अनुकूलन गर्न मद्दत गर्ने र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्नेलगायतका जलवायु सङ्कटलाई सम्बोधन गर्ने उपायमा सहमत हुन विश्वका उच्च नेतृत्व कोप–२८ मा यस वर्ष भेला भएका हुन । सम्मेलनको उदघाटनमा कोप २७ मा स्थापना गरिएको जलवायु परिवर्तन हानिनोक्सानी कोषको परिचालन र त्यसमा समान पहुँचको अवस्थाको सुनिश्चित गर्र्ने वातावरण सिर्जना गर्न उपस्थित प्रतिनिधिको सामूहिक प्रतिबद्धताको आवश्यकता औल्याएका छन । उदघाटन समारोहमा विकसित, अति कम विकसित, युरोपेली संघ, जी–७७, अफ्रिकी संघलगायतका प्रतिनिधिले आफ्ना धारणा राखेका छन ।  जसमा सबैले पेरिस सम्झौताको कार्यान्वयन र विकसित मुलुकले थप जिम्मेवारी बहन गर्नुपर्नेमा सहमति जनाएका छन । विश्वका उच्च नेतृत्वसहित ७० हजार बढी प्रतिनिधि कोप २८ मा सहभागी छन रु। सम्मेलनमा कार्बन उत्सर्जन घटाउने दायित्व, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजना, पेरिस सम्झौताको कार्यान्वयन अवस्थाको समीक्षा गर्ने, जलवायुजन्य हानिनोक्सानी कोषको कार्यान्वयन, जलवायु वित्तसम्बन्धी नयाँ प्रावधान र बढोत्तरी, प्रविधि विकास, विस्तार र कार्यान्वयन, अल्पविकसित राष्ट्रहरूसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।। 
 

प्रतिक्रिया