गाजामा हमासले बन्धक बनाएका थप आठ बन्धक रिहा

इजरायल र हमासबीचको जारी युद्धविराम थप गर्ने विषयमा भइरहेका छलफल सकारात्मक देखिएको छ । कतारको मध्यस्थतामा जारी छलफललाई निश्कर्षमा पु¥याउन अमेरिकाले समेत जोड दिइरहेको छ । नागरिकको जीवन रक्षाका लागि पनि इजरायल थप गम्भिर हुनुपर्ने अमेरिकाको भनाइ छ ।  मध्यपूर्वी मुलुकको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नागरिकको हितका लागि इजरायलले अस्थायी युद्धविरामका लागि लचिलो हुनु पर्ने बताएका हुन । कतार, इजिप्ट र इजरायलसँग अमेरिकाले थप युद्धविरामका लागि वार्ता गरिरहेका ेछ । यसैबीच अस्थायी युद्ध विरामको छैटो र सातौं दिन हमासले दश जना नागरिक मुक्त गरेको इजरायलले जनाएको छ । इजरायलले भने ३० प्यालेस्टिनीलाई रिहा गरेको छ । हमासले एक जना बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति भएको थियो । युद्धविरामकै बीच इजरायलको पश्चिम जेरुसेलमको एउटा बस स्टेसनमा दुई प्यालेस्टाइनी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको भनिए पनि संख्या यकिन गरिएको छैन। आक्रमणकारी इजरायली सेनाको कारबाहीमा मारिएका छन ।  हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएको शुक्रवारदेखि लागू भएको हो । अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार दुई सय सय जनाको मृत्यु भएको थियो । सो क्रममा उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छ हजार बालबालिकासहित १४ हजार आठ सय जनाभन्दा धेरै मानिस मारिएका छन ।। 

प्रतिक्रिया