विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गरिने

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले जोशीको बिना शर्त अविलम्व रिहाईको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय गरेको हो । नेपाल कुनैपनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनैपनि कारणबिना बन्धक बनाइनु नहुने समितिको निस्कर्ष छ । 
बैठकमा सांसदहरुले नेपालको सार्वभौम सत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताए । राप्रपाका सांसद पशुपति समशेर जबराले भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रुपमा नेपालले यो भुमिका कसरी कायम गरेको छ ? भन्ने हिसावबाट हेर्नुपर्ने बताएका हुन् ।  
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जलवायु सम्मेलन कोप—२८ मा प्रधानमन्त्रीले राख्ने विषयवस्तुबारे जानकारी नगराएकोमा आपत्ति जनाए ।  
सांसद सुवालले उत्तर कोरियाले नेपालस्थित राजदुतावास हटाएकोबारे सरकारले जानकारी नगराएकोप्रति पनि आपत्ति जनाए । नेपालले नेपाली युवालाई भाडाको सेना बनाउन नहुने उनको भनाइ छ ।
 

प्रतिक्रिया