ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग सभामुख घिमिरेको आग्रह

सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकुलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा शुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला—२०२३ लाई सम्बोधन गर्दै उनले पछिल्लो समय विदेशी लगानीकर्ताहरु केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको भन्दै चिन्ता प्रकट गरेका हुन । सभामुख घिमिरेले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दापनि अनुकुलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिने गरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताए । 
सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताए । लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको उनको भनाइ थियो । 

प्रतिक्रिया