अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको सय वर्षको उमेरमा निधन

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । कनेक्टिकटस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको कारणबारे भने जानकारी दिइएको छैन । विश्वविख्यात कूटनीतिज्ञका रुपमा परिचित उनले तत्कालीन अमेरिकी राष्ट्रपतिहरु रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । कूटनीतिसम्बन्धी थुप्रै किताब लेखेका उनको सन् २०२२ अप्रिलमा पछिल्लो पुस्तक ‘लिडरसिप ः सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी’ प्रकाशित भएको थियो । गत जुलाईमा मात्रै उनले बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए । किसिन्जरले सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै स्विडिस एकेडेमीले उनी र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरेको थियो । किसिन्जरको जन्म सन् १९२३ मा जर्मनीमा जन्म भएको थियो । सन् १९३८ मा नाजी जर्मनीबाट भागेर उनको परिवार यहुदी आप्रवासीका रुपमा अमेरिका पुगेको थियो । 
 

प्रतिक्रिया