तस्करी फस्टाउँदा भन्सारको राजश्व असुली घट्न थाल्यो

सिरहामा तस्करी फस्टाउँदै गर्दा भन्सार राजश्व असुली दिनप्रतिदिन ओरालो लागिरहेको छ । सिरहा भन्सार कार्यालय माडरले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको १६ प्रतिशत मात्र राजश्व असुली गरेको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा तोकिएको १९ करोड ९५ लाख ४६ हजारको लक्ष्यभन्दा निकै कम ११ करोड ९९ लाख ५६ हजार चालू आर्थिक वर्षमा लक्ष्य तोकिएको छ । तर चार महिनामा जम्माजम्मी १ करोड ७ लाख २ हजार रुपैयाँ मात्र संकलन गरेको छ । 
चोरीवाटोवाट ट्रकदेखि विभिन्न सवारी सवारीसधानमा लत्ताकपडा, कस्ट्मेटिक्स सामग्री, इलेक्ट्रोनिक्सका सामग्री, औषधी नेपाल तर्फ तस्करी हुँदा भन्सार राजस्व असुली घटेको हो । सुरक्षा निकायले तस्करी रोकेर भन्सार असुली बढाउन पहल नगरेको आरोप सरोकारवालाको छ ।
भारततर्फ मदिरा, स्याउ लगाउतका सामग्री ठूलो परिमाणमा दैनिक तस्करी भईरहेको सीमा क्षेत्रका बासिन्दा बताउछन । राजस्व चुहावट नियन्त्रणमा प्रशासनले नै चासो नदिएको आरोप समेत लाग्दै आएको छ ।

प्रतिक्रिया