कोप’ २८ आजवाट युएईमा सुरु हुँदै, पर्वतीय क्षेत्रका विशिष्ट मुद्दा उठाउने नेपालको तयारी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८ आजवाट सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन विश्वभरका नेता र विज्ञहरु संयुक्त अरब इमिरेट्सक युएईको दुवई पुगेका छन । सम्मेलनमा नेपालका तर्फवाट प्रधानमन्त्री पुष्पकमल दाहालले सहभागिता जनाउदैछन । नेपालले जलवायुसँग सबन्धित अनुकूलन, जलवायु वित्तीय सहयोग, हानिनोक्सानीमा वित्तीय सहयोग, पर्वतीय क्षेत्रका विशिष्ट मुद्दा र जलवायु परिवर्तनका कारक उत्सर्जन नै कम गराउने न्युनिकरणको मुद्दा सम्मेलनमा उठाउदैछ । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन । उनले मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वान: जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्ने तालिका छन । नेपालले बेमौसमी वर्षाको विनाशकारी स्वरूप भोग्नुपरेको सन्दर्भमा नेपालको सहभागिता महत्वपुर्ण हुने अपेक्षा छ । भयानक किसिमका विपद्हरूले पार्ने हानिनोक्सानीमा कार्बन उत्सर्जन कम गर्ने नेपालजस्ता मुलुकहरूलाई क्षतिपूर्ति हुनुपर्ने मागपनि सम्मेलनमा नेपालले उठाउदैछ ।
प्रतिक्रिया