रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सचिवालय गठन भएकाे छ। महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले पार्टी सचिवालय गठन गरेकाे हो।

सचिवालयको सभापतिमा रवि लामिछाने छन् भने डिपी अर्याल र स्वर्णिम वाग्लेलाई उपसभापति बनाइएको छ। महामन्त्रीमा डा. मुकुल ढकाल छन्। बैठकले तीन सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरेको छ।

संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारी तथा सहकोषाध्यक्षमा बसुमाया तामाङ र दीपक बोहोरा छन्।

सहप्रवक्तामा मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईं चयन भएका छन्।बैठकले अनिलकेशरी शाह, राजन गौतम (चितवन), डा. नन्दन यादव (महोत्तरी), पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

प्रतिक्रिया