विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी कतार जाने तय भएको हो । मन्त्री साउदले आज महेन्द्रनगरमा जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन् ।  डिसेम्बर १० मा सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । इजरायल हमास युद्धविरामको क्रममा अन्य देशका नागरिक रिहा भएपनि नेपालका जोशीको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया