सरकारप्रतिको आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजियो: महेश बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन । उनले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरुमा निराशा र आक्रोश बढेको बताएका हुन । सचेतक बतौलाले आक्रोशित जनसमुदायलाई व्यवस्था बिरोधी बनाउन र शासकिय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने उल्लेख गरे । 
सचेतक बर्तौलाले व्यवस्था बिरोधी स्वरहरु सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएकोमो आपत्ति समेत जनाए । त्यसैगरी नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राजतन्त्र केवल कल्पना मात्रै भएको टिप्पणी गरे । 
नेपाललाई हिन्दु राष्ट्र बनाउने भारतको चाहना बमोजिम नेपालमा आन्दोलनहरु भइरहेको नेता पासवानको दाबी छ । केही मानिसहरु कराउँदैमा गणतन्त्र समाप्त नहुने पनि उनले बताए ।
 

प्रतिक्रिया