रास्वपाले लोक कल्याणकारी राज्यको अवधारणालाई पार्टीको मार्गदर्शन सिद्धान्त मान्ने

पार्टीका सबै सांसदलाई केन्द्रीय सदस्य बनाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्पपाको मार्गदर्शन सिद्धान्त लोक कल्याणकारी राज्यको अवधारणा हुने भएको छ । महोत्तरीको जलेश्वरमा बसेको नीति विचार कार्यदलले लोक कल्याणकारी राज्यको अवधारणा अपनाउने निर्णय गरेको हो । रास्वपाले नेपालको अहिलेकै शासकीय व्यवस्थालाई आत्मसाथ गर्ने निर्णय समेत गरेको छ । यसअघि रास्वपाले संघीय संरचनाका विषयमा प्रष्ट पारेको थिएन । रास्वपाले संविधानमा रहेको समाजवाद उन्मुख व्यवस्थालाई थप प्रष्ट पार्ने निर्णय गरेको नेताहरुले बताएका छन । रास्वपाले अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य र शिक्षामा व्यापारभन्दा पनि सामुदायिकमा जोड दिनुपर्ने उसको निस्कर्ष छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वतः केन्द्रीय सदस्य भएका छन् । रास्वपाको महोत्तरीको जलेश्वरमा जारी बैठकले सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरेको हो । रास्वपामा हाल २१ सांसद छन् । जसमा इन्दिरा राना मगर उपसभामुख भएकाले उनी पार्टीको जिम्मेवारीमा रहने छैनिन् । पछिल्लो निर्णयसँगै उनीबाहेक २० सांसद रास्वपाको केन्द्रीय सदस्य हुने भएका छन  । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको तीन दिने बैठक आजै सकिदैछ । बैठकका निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ ।। 
 

प्रतिक्रिया