सुनको मूल्यमा नयाँ कीर्तिमान,  तोलामा १६ सय रुपैयाले बढ्यो

नेपाली बजारमा सुनको मूल्यले आजपनि नयाँ कीर्तिमान बनाएको छ । नेपाली बजारमा सुनको भाउ आज एकै दिन तोलामा एक हजार  ६ सय रुपैयाले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनेको हो ।  यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेर १ हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य तोलामा आज विस रुपैयाले बढेको हो । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो । 
 

प्रतिक्रिया