नक्कली शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलले बहस गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलले बहस गर्ने भएका छन् ।  काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरवलोकन निवेदनमाथिको सुनुवाइमा उच्च अदालत पाटनमासरकारी वकिलले बहस गर्ने भएका हुन । सरकारी वकिलको बहस सकिएपछि शुक्रबारसम्म आदेश आउन सक्ने सम्भावना छ । मंगलबारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ । उनीहरूको बहस सकिएसँगै आजदेखि सरकारी वकिलले बहस गर्ने छन् । पाटन उच्च अदालतमा काठमाडौं जिल्ला अदालत काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथि गत सातादेखि बहस भैरहेको छ । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएपद्धि आरोपीहरुले पुनरावलोकन निवेदन दिएका हुन । 

प्रतिक्रिया