रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि

रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई चार जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिएरु। उनीहरुमध्ये तीन जनाको गत १५ नोभेम्बर कार्तिक २९ गते र अर्का एकको असार २९ मै मृत्यु भएकोमा अहिले पुष्टी भएको रुसका लागि नेपाली दूतावासले जनाएको छ । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला नेपाली मारिएको घटना सार्वजनिक भएको हो । अन्य केही पनि सम्पर्कविहीन रहेको जनाइएको छ । रुस–युक्रेन युद्धमा रुसको पक्षबाट झण्डै २ सय नेपालीले लडिरहेको अनुमान गरिएको छ । 

प्रतिक्रिया