हमासद्वारा १२ र इजरायलले ३० जना प्यालेस्टाइनी रिहा

इजरायल युद्धविरामको छैटो दिन आज पनि हमास र इजरायलले बन्धकहरूलाई रिहा गर्दैछ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हमासले सहमति अनुसार आज इजरायलका १० जना बन्धकलाई रिहा गर्न लागेको हो । दुबै पक्षबीच जारी युद्धविरामको समयावधि थप गरिएको आज अन्तिम दिन हो । आज पनि सहमति अनुसार हमास र इजरायलले एकअर्काका बन्धकलाई रिहा गर्ने भएका हुन ।  इजरायलले भने कति जना प्यालेस्टिनीलाई रिहा गर्ने छ भन्ने विषयमा खुलाइएको छैन । यसअघि मङ्गलवार हमासले २ थाइ र १० इजरायली गरी १२ जनालाई रिहा गरेको छ ।  शुक्रवारबाट लागू भएको युद्धविरामको समयावधि सोमवार सकिए पछि थप दुई दिनका लागि युद्धविराम लम्ब्याइएको थियो । अब युद्धविराम थप हुन्छ या हुँदैन भन्ने स्पष्ट भएको छैन । अहिलेसम्म इजरायलले १ सय ८० बन्दीलाई मुक्त गर्दा हमासले भने ८१ जनालाई रिहा गरेको छ । रिहा हुनेमध्ये ६१ जना इजरायली र बाँकी विदेशी नागरिक हुन् । हमासबाट रिहा गरिएका अधिकांश महिला र बालबालिका छन । 

प्रतिक्रिया