बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

बार्सिलोना च्याम्पियिन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा पोर्टोलाई दुई – एक गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । खेलमा जोवाओ कान्सेलो र जोवाओ फिलिक्स तथा पोर्टोका ब्राजिलियिन विंगर पेपेले गोल गरे । राति नै साख्तरले अर्को खेलमा रोयल एन्ट्रपलाई १–० ले हरायो । यो समूहमा शाख्तर र पोर्टोबीच अब हुने खेलमा अन्तिम १६ पुग्ने अर्को टिमको टुंगो लाग्नेछ । राति नै बोरुसिया डर्टमुन्डले पनि एसी मिलानलाई ३ – १ गोलले हराउदै नकआउट चरणमा स्थान बनाएको छ । डर्टमुन्डका लागि मार्कर रेउस , जेमी बिनो गेटिङस, करिम आडेयमीले गोल गरे । मिलानका लागि सामुएल चुक्वेजीले एक गोल फर्काए । यसै समूहमा पीएसजी र न्युकासल युनाइटेडले १–१ को बराबरी खेले । फेनोर्डमाथि एथ्लेटिको मड्रिड ३ – १ गोलको जित हात पार्दै समूह ईबाट नकआउट पुगेको छ । यसै समूहबाट लासियोले सेल्टिकलाई २ – ० गोलले पराजित गर्दै समूह चरण पार गरेको छ । समूह ‘जी’ मा भने म्यानचेस्टर सिटीले आरबी लाईप्जीगलाई ३–२ र योङ ब्वाइजले रेड स्टार बेलग्रेडलाई २–० ले हरायो ।। 

प्रतिक्रिया